मेचीनगर/अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
२० दिनअघि स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजेटिभ भएपछि ३ दिन अर्जुनधारा नगरपालिकाको होम आइसोलेसनमा बसेका उनलाई त्यसपछि विएण्डसी अस्पताल विर्तामोडमा उपचारकै क्रममा आज दिउँसो साढे २ वजे बीएन्डसी अस्पतालमा मृत्यु भएको बीएन्डसी अस्पतालका सम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनलाई वैशाख १७ गते थप उपचारका लागि बीएन्डसीमा भर्ना गरिएको थियो । संखवासभा निवासी उनका श्रीमती, २ छोरा र एक जना छोरी छन् । ( लोकतन्त्र पोस्टबाट साभार)