दमक/ झापाको कमल गाउँपालिका वडा नं १ का वडाध्यक्ष केदार कटवाल आफनो वडामा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई निजी खर्चमा औषधी तथा औषधीजन्य सामग्री वितरण गरेका छन ।

वडाध्यक्ष कटुवालले मल्टि भिटामिन पारासिटामोल, जिंक , सेनिटाइजर र मास्क निशुल्क वितरण गरेका हुन । सो वडामा १७ जना संक्रमित छन । शुक्रबार उनीहरुको घर घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै वडाध्यक्ष कटुवालले ति सामाग्री वितरण गरेका थिए । उनले यो क्रमलाई निरन्तरता दिने जनाएका छन । कतिपय जनप्रतिनिधिहरुले सरकारी बजेटको समेत दुरुपयोग गरिरहेका खबरहरु बाहिर आइरहँदा युवा वडाध्यक्ष कटुवालको यो प्रयास प्रशंसनिय मानिएको छ ।