दमक/आज (आइतबार) कोरोना संक्रमणका कारण दमकका एकसहित झापा जिल्लामा कूल ६ जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार दमक ९ का २८ बर्षिय पुरुषको बिएण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
त्यस्तै कमल ६ का ७३ बर्षिय पुरुषको लाइफलाइन अस्पताल दमकमा, गौरादह २ की ८४ बर्षिया बृद्धाको कोशी कोभिड अस्पताल विराटनगरमा र कन्काई ३ का ४० बर्षिय एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै भद्रपुर २ का ५२ बर्षिय पुरुषको मेची प्रादेशिक अस्पतालमा र अर्जुनधारा ११ का ५२ बर्षिय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
यससंगै झापामा संक्रमित मृतकको संख्या २०७ पुगेको छ । जसमध्ये १५ जनाको एन्टिजेन परिक्षण मार्फत कोरोना पुष्टि भएको हो भने अन्यको पीसिआर परिक्षणबाट संक्रमण पुष्टि भएको हो । दमकमा २२ सहित झापामा कूल ९७ जना नयाँ संक्रमित थपिएका छन । भने आज एकैदिन कूल १०७ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन । हाल झापामा सत्रmिय संक्रमितको संख्या ३ हजार ६ सय ५७ रहेको पनि स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।