दमक/झापाको दमकमा आज एकैदिन ५० जना कोरोना संक्रमण मुक्त भएका छन । यस अघि कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमित ५० जना आज ( सोमबार) एकैसाथ संक्रमण मुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यससंगै दमकमा कोरोनाको दोश्रो चरण ( नयाँ भेरियन्ट) बाट संक्रमित भएका मध्ये संक्रमण मुक्त हुनेको संख्या २९४ पुगेको छ । चैत्र २५ मा दमकमा पहिलो पटक नयाँ भेरियन्टसहितको संक्रमण देखिएको थियो । सो भेरियन्टबाट अहिले सम्म प्रभावित हुनेको संख्या दमकमा ९०१ छ । अहिले संक्रमितको संख्या दमकमा ५९३ छ । ति मध्ये ५७६ जना होम आइसोलेनमा रहेका जनाइएको छ ।