दमक/दमकस्थित दमक अस्पताल र आम्दा अस्पतालमा कोरोना संक्रमितहरुको उपचारमा सहजताका लागि हाल कतारमा बस्दै आएका दमकेली युवाहरुले तीन लाख बढी मुल्य बराबरको सहयोग सामग्री प्रदान गरेका छन ।
दमकको सामुदायिक अस्पताल आम्दा अस्पताल र दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्र बेलडाँगीका लागि सो सहयोग प्राप्त भएको हो ।
कतारमा बस्दै आएका डिन्सन बोहोरा र सन्तोष गौतमको पहलमा दमकेली युवाहरुले एकिकृत रुपमा पठाएको सो सहयोग रकमबाट तीन वटा अक्सिजन उत्पादन गर्ने बिद्युतीय उपकरण ( अक्सिजन कन्सन्टेटर) खरिद गरेर आज ( मंगलबार) ति अस्पताललाई हस्तान्तरण समेत गरिएको छ । त्यस किसिमको एउटा उपकरणले प्रतिघण्टा ५ लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ । ति सामग्री दमक जेसीजका निवर्तमान अध्यक्ष एवं दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य समेत रहेका चन्द्र खत्री र दमक जेसीजका उपाध्यक्ष सहदेव भट्टराईले नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र आम्दा अस्पतालका डा. नविन ढकाललाई हस्तान्तरण गरेका छन ।

 

Facebook Comments Box