दमक/दमकमा आज ( बिहिबार) थप ४३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । यस अघि ६९७ जना कोरोना संक्रमण मुक्त भएका थिए । आज निको भएकासंगै कोरोना संक्रमण मुक्त हुने दमकबासीको संख्या ७४० पुगेको छ ।
अहिले सम्म निको हुनेमा ४०३ जना पुरुष र ३३७ जना महिला छन । आज ४३ जना निको भएसंगै दमकमा सक्रिय संक्रमितको संख्या पनि घटेको छ । यस अघि ५१० जना सक्रिय संक्रमित रहेकोमा आज ( बिहिबार) सक्रिय संक्रमितको संख्या ४७४ मा झरेको छ । दमक ८ की एक महिलाको आजनै संक्रमणका कारण लाइफलाइन अस्पतालमा मृत्यु भएसंगै दमकमा मृतकको संख्या २० पुगेको छ । १० जना महिला र १० जना पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिएका छन । दमकमा आज थपिएका नयाँ संक्रमितको संख्या १० छ ।
लाइफलाइनमा एकैदिन दुई जनाको मृत्यु
यसैबीच झापाको दमकमा उपचाररत दुई जना कोरोना संक्रमितको आज बिहिबार एकैदिन मृत्यु भएको छ । मोरङ पथरीशनिश्चरेका एक जना कोरोना संक्रमितको अपरान्ह साढे ४ बजे मृत्यु भएको हो । पथरी शनिश्चरे १० का ७० बर्षिय पुरुषको मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले अस्पताललाई उदृत गर्दै पुष्टि गरेको छ । उनको एक साता भन्दा अघिदेखि दमकमा उपचार भइरहेको थियो । यस अघि आजै बिहान करिब साढे ८ बजे दमक ८ की ७० बर्षिया एक बृद्धाको पनि लाइफलाइन अस्पतालमानै उपचारका क्रममा मृत्यु भएको थियो ।