दमक/ पछिल्लो २४ घण्टा भित्रैमा दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज बिहान साढे ४ बजे मोरङ उर्लाबारी १ का ५२ बर्षिय पुरुषको मृत्यु भएको अस्पातलका कोभिड फोकल पर्सन तथा इमर्जेन्सी विभागका इञ्चार्ज डम्बर मोतेले जनाएका छन ।
यस अघि हिजो दिउँसो साढे ४ बजे पथरीशनिश्चरे १० का ७० बर्षिय पुरुष र बिहान साढे ८ बजे दमक ८ की ७० बर्षिया एक बृद्धाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । सो अस्पतालमा आज ( शुक्रबार) बिहान २५ जना कोरोना संक्रमित उपचाररत छन । गएको वैशाख १० गते यता सो अस्पतालमा मात्रै कूल ९ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालमा कूल ७९ जना संक्रमित उपचारका लागि भर्ना भएका, १५ जनालाई अन्यत्र रेफर गरिएको छ भने २२ जना उपचारपछि निको भएका छन ।