दमक/दमकमा आज ( शनिबार) थप १० जना कोरोना संक्रमण मुक्त भएका छन ४० जना नयाँ संक्रमित थपिएका छन ।
आज १० जनासंगै दमकमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८७२ पुगेको छ । ति मध्ये ४०२ जना सक्रिय संक्रमित छन । हिजो ( शुक्रबार) सक्रिय संक्रमितको संख्या ३६२ रहेकोमा आज एकैदिन थप ४० जना नयाँ संक्रमित थपिएका हुन । स्वास्थ्य शाखाका अनुसार बिहिबार १०१ जनाको स्वाब परिक्षण गरिएकोमा २३ जनामा कोरोना संक्रमण पाईएको हो ।
दमक नगरपालिकामा गएको २५ चैत यता १ हजार २ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये महिलाको संख्या ६१५ रहेको छ । हाल ३९० जना होम आइसोलेसनमा उपचाररत छन । त्यस्तै संक्रमणका कारण आज ( शनिबार) सम्ममा २१ जनाको ज्यान गएको छ । ११ पुरुष र १० महिलाको ज्यान गएको हो । अन्य सबै विभिन्न अस्पतालमा उपचाररत छन । दमकका अस्पतालमा मात्रै कूल ९८ जना संक्रमित उपचाररत छन । ति मध्ये सबैभन्दा धेरै दमक अस्पताल कोभिड उपचार केन्द्रमा छन । त्यसैगरी आम्दा अस्पतालमा २४, लाइफलाइनमा २४ र एडभान्स अस्पतालमा १९ जना संक्रमितको उपचार भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भटटराईले जानकारी दिए ।