दमक/दमकका एक जना व्यवसायीले दमक उद्योग वाणिज्य संघ मार्फत दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्रमा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेका छन । हालै नगरपालिकामा आयोजित संक्षिप्त कार्यक्रममा दमकस्थित फेसन सेन्टरका प्रोप्राइटर सञ्जय रौनियारले गाउन, फेससिल्ड, सर्जिकल मास्क, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री १५० प्याकेटका दरले प्रदान गरेका हुन ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ मार्फत ति सामग्री रौनियारले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरेका थिए । रौनियारले पुन अर्को एक संस्थामार्फत भोली ( सोमबार) पनि विभिन्न किसिमका सामग्रीहरु हस्तान्तरण गर्ने योजना बनाएका बताइएको छ ।