
निलकण्ठ सापकोटा , दमक ४ सुनौलो टोल
कोभिड विरुद्धको खोप लगाउने सम्वन्धमा दमक नगरपालिकाले सूचना पाटी र सञ्जाल माध्यमबाट ६२–६४ उमेर समुहको लागि २०७८/२/२६ र २७ गते १०–४ बजे भित्र लगाउने सूचना जारी गरेछ । सामाजिक सञ्जालबाट थाहा भयो । म पनि थाहा पाउने वित्तिकै आज ( बुधबार) दिउँसो ३ बजे तिर नगरपालिकाको गेटमा पुगें ।
त्यहाँको गेटमा कर्मचारी भाइ चावी लगाएर उभिएका थिए । मैंले खोप लगाउन आएको कुरा राखें । उनले भने –आज सकियो भोली १० बजे नै आउनु । केही मेरो उमेर समुहका मानिस बाहिर बसिरहेका थिए । मेरो उमेर नागरिकता प्रमाणमा अनुसार ९ दिन पछी मात्र ६२ बर्ष पुग्छ । जारी सूचना अनुसारको खोप लगाउने मेरो उमेर थोरै दिन मात्रै बाँकी भएको हैसियतले पाइएमा लगाउला भनेर बुझ्ने सोचले मात्र श्रीमतीलाई साथमै लिएर गएको थिए । उनी म भन्दा दुई महिना जेठी छन् ।
गेटमा भित्रबाट मानिसहरु बाहिर निस्किरहन्थे त्यो बेला पाले भाइले गेट खोल्थे । त्यही मौकामा केही युवाहरु ( ३० देखि ४० बर्ष पछी ६२ बर्ष पुग्ने जस्ता देखिने भाइ बहिनीहरु जबरजस्ती भित्र छिर्थे तर मेरो उमेर समुहका मानिसलाई पाले भाइले बाहिरै ठेलेर गेट बन्द गर्थे र भन्थे मलाई भित्रबाट गाली गर्नुहुन्छ नपठाउनु भनेको छ । त्यही हुलमा झगडा गर्दै मेडम गइन । म सचेत नेपाली नागरिक आफूलाई ठान्दो जवरजस्ती गर्न मन नगर्ने र म जस्ता कमजोर इमान्दार बाहिरै रहयौं । यो प्रक्रिया मिनेट मिनेटमा चलि रहन्थ्यो । भाइ धेरै कम उमेरका मानिस छिरिराछन् त भन्दा उनीहरु कर्मचारी हुन् भन्ने उत्तर दिन्थे गेटमा बसेका ति कर्मचारी भाइले । मलाई लाग्यो ती सवै कर्मचारी त होइनन् बरु ३०–४० बर्ष पछी भए नि ६२ पुग्ने नेपाली नागरिक नै हुनुपर्छ ।
लगभग ४बजे तिर भित्रबाट झोक्किदै मेडम आइन र मलाई जबरजस्ती भित्र लगिन् भित्र उस्तै जात्रा देखियो । एकातिर कार्ड बनाउनेको भिड अर्को तिर दुई जना वहिनीहरु आराम सग खोप दिइरहेका थिए । थोरै मानिस हातमा कार्ड लिएर कुर्सीमा बस्थे र खोप लगाउँथे । ६२ बर्ष पुगेका जस्ता देखिने चाँही कार्ड लिएर वस्थे । वाकी अरु कार्ड विनै कुर्सीमा वस्थे र वहिनीहरुलाई हप्काउथे र खोप लगाउँथे । यो दृष्यले लाग्यो दमक न पा प्रशासन व्ववस्था अति कमजोर र तल्लो स्तरका कर्मचारीले भोग्नु परेको निरिहता, लक्षित समुदाय अधिकांशले सूचना प्राप्त नगरेको , पाका कमजोर इमान्दार नागरिकलाई सास्ति, लक्षित समुहका नागरिकहरु खोपवाट बञ्चित, अभिलेख नमिल्न सक्ने अवस्था ।