दमक/ झापाको दमकमा आज  बिहिबार थप १४० जनाको निशुल्क कोरोना परिक्षणका लागि स्वाव संकलन भएको छ । नगरपालिकाको खर्चमा सर्वसाधारणको पीसिआर बिधीबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार यससंगै हाल सम्म दमकमा निशुल्क कोरोना परिक्षण गराउनेको संख्या १ हजार १ सय ४६ पुगेको छ ।
यसैगरी दमकमा पीसिआर तथा एन्टिजेन परिक्षण मार्फत कोरोना पुष्टि हुनेको संख्या भने १ हजार ४ सय २६ छ । दमकमा आज ( बिहिबार) सम्ममा एक हजार भन्दा धेरै संख्यामा संक्रमितहरु कोरोना संक्रमण मुक्त भएका छन । हाल सम्म १ हजार २१ जना संक्रमण मुक्त भएका नगरपालिकाको स्वास्थ्य शाखाले आज ( बिहिबार) साँझ उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । दमकमा हाल सक्रिय संक्रमितको संख्या ३८६ छ भने २१ जनाले कोरोनासंग पराजित भई मृत्यु ब्यहोर्नु परेको छ । दमकमा होम आइसोलेसनमा बसेर उपचार गराइरहेकाहरुको संख्या हाल ३ सय ७७ छ । त्यस्तै दमकको आम्दा अस्पतालमा २४, दमक अस्पताल कोभिड उपचार केन्द्रमा १५ , लाइफलाइन अस्पतालमा २५ र एडभान्स हस्पिटलमा १४ जना संक्रमितको उपचार भइरहेको छ ।

Facebook Comments Box