दमक/ झापाका छुट्टा छुट्टै स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको ज्यान गएको छ । बिहीबार बेलुका पौने ६ बजे कमल गाउँपालिका ७ लालधोन्द्रामा खेतमा पानी तान्न जडान गरिएको मोटर चलाउने क्रममा मोरङ बेलबारीका १४ बर्षिय सन्देश धिमालको मृत्यु भएको हो । स्थानीय महेन्द्र धिमालको खेतमा उनका भान्जा सन्देशको करेन्टले ज्यान लिएको हो । करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागि लैजानै क्रममा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यसैगरी बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ की ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको बताइएको छ ।

Facebook Comments Box