पाँचथर/ पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं १ स्थित अरुण भ्याली हाईड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाईपले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ बर्षीय मोहन राहादी मगर रहेका छन् ।
बिहीबार बेलुका ५ बजे साढे ३ मिटर गोलो अन्दाजी ४ टन वजन भएको फलामको पाईप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङली चुडिएर मगरको घाटीमा पाईपले लाग्दा घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले क्रेन अप्रेटर बारा सखुवाघाट गाउँपालिका ७ का २८ बर्षीय अनिल लोप्चनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।

Facebook Comments Box