दमक/सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमानेमा जेसीबि क्रेन बोकेको एउटा ट्रकमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज शुक्रबार बिहान पौने ९ बजे सोलुखुम्बुबाट पोखरा जादै गरेको ग १क ५१७३ नम्बरको ट्रकमा बोकेको जेसीबिलाई बिद्युतको मेन तारले छुँदा भएको सो घटनामा घटनास्थलमानै दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाउँपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबि चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् । घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुबाट खटिएको प्रहरी टोलीले घाईतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box