दमक/ झापाको दमकबाट प्रशारीत रेडीयो किंग एफएम १०४.१ मेगाहर्ज शुक्रबार देखि दोश्रो वर्षमा प्रवेश गरेको छ । किंग मिडिया ग्रुप केएमजीद्वारा सञ्चालित किंग एफएम २०७७ सालको असार १८ गते देखि नियमित प्रशारणमा आएको हो ।

आन्तरीक रुपमा कार्यक्रम गरि एफएमले आफ्नो पहिलो वार्षिक उत्सव मनाएको छ । एफएमका सञ्चालक समेत रहनु भएका संविधानसभा सदस्य दिपक कार्कीले दिप प्रज्वलन एवम् एफएमको शव्दचित्र बजाएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सो क्रममा उहाँले कोरोना महामारीका विच विसम परिस्थितीमा शुरु भएको किंग एफएमले छोटो समयमा आफ्नो पहिचान बनाएको बताउनु भयो ।
व्यवसायीक रुपमा स्वतन्त्रता र वैचारीक रुपमा तटस्थतालाई आत्मसाथ गरेको रेडीयो किंग एफमलाई आगामी दिनमा अझ परिस्कृत एवम् परिमार्जन गर्दै लगिने एफएमका अध्यक्ष डाक्टर नविन चापागाँईले बताउनु भयो । देशको सार्वभौमिकता, अखण्डता एवम् विधिको शासन प्रति एफएम सधैं प्रतिवद्ध रहेको समेत उहाँले बताउनु भएको छ ।
कार्यक्रममा एफएमका सञ्चालकहरु काँशिनाथ थपिलिया, हरिप्रसाद चापागाँई, शकुन्तला चापागाँई, थानेश्वर भट्टराई, सन्दिप साहेवाला, युवराज दाहाल, विमल शर्मा लगायतले विश्वव्यापी रुपमा विकसित भई रहेका सञ्चारका विभिन्न माध्यम र शैलीसँग समेत अभ्यस्तहुँदै आगामी दिनमा किंग मिडीया ग्रुप प्रालिलाई देशको एक सशक्त व्यवसायीक सञ्चार प्रतिष्ठान बनाउने बताउनुभयो ।
एकहजार वाट र १०४.१ मेगाहर्जको रेडीयो किंग एफएमको वार्षिकोत्सवको अवसरमा पूर्व कर्मचारी, कर्मचारी, विज्ञापनदाता, एजेन्सी, विभिन्न स्थानीय तह तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।
एफएमका स्टेशन म्यानेजर गोपाल झापालीका अनुसार किंग एफएमले आफ्नो प्रशारण शुरु भएदेखिनै दैनिक समाचार, समाचारमूलक एवम मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्दै आएको छ । एफएम विहान ५ बजे देखि राती ११ बजे सम्म सञ्चालन हुँदै आएको छ ।