पथरिशनिश्चरे / प्रदेश नं-१ अन्तर्गतकाे मोरङ्ग जिल्लामा १ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा कुल १७ हजार ७४ जना संक्रमित मध्यें १२ हजार ६ सय ८५ जनाले उपचार सेवा लिइ पूर्ण रुपमा निकाे भएका हुन् भने ३ सय २० जनाले अकालमै मृत्युवरण गरेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङद्वारा बुधबार प्रकाशित स्वास्थ्य बुलेटिन अनुसार विराटनगर महानगरपालिकाभित्र गत साेमबार मात्र २० महिलासहित४८ जना काेराेना भाइरसको संक्रमणका कारण संक्रमित थपिएका छन् ।
जस अनुसार त्यहाँ कुल १०हजार ६ सय ८५ जना संक्रमित मध्यें उपचार सेवा लिइ ८हजार ३ सय जना निकाे भएका हुन् भने १सय ४३ जनाकाे दुःखद निधन भएको छ। उक्त पछिल्लो तथ्यांक अनुसार सुन्दरहरैंचा नगरमा गत २२ गते १९ जना पुरुष सहित ३६ जना नयाँ संक्रमित थपिएका छन्। जसमा जम्मा १४सय ५२ मध्यें एकहजार ६ जनाले उपचार पछि निको भएका हुन् भने ३५ जना संक्रमितको दुःखद निधन भएको छ। ।उता, लेटाङ्ग नगरपालिकामापनि केहीदिन यता उच्च संक्रमण दर बढिरहेको छ।

गत २२ गते मात्रै त्यहाँ १६ महिला तथा १४ पुरुष सहित कुल ३० जना काेराेना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त नगरमा कुल ५ सय ६ जना संक्रमितमध्यें ३ सय १ जना निकाे भइ घर फर्किएका छन् भने ४ जनाको अकालमा मृत्यु भएको छ। यसैगरी, बेलबारी नगरपालिकामा सोमबार १३ पुरूषसहित जम्मा २२ जना नयाँ संक्रमित थपिएका छन्। कूल ६सय २२ जनामध्ये ३ सय ६२ जना संक्रमितले उपचार सेवा लिइ घर फर्किएका हुन् भने २२ जनाले अकालमै ज्यान गुमाएका छन्।
त्यस्तै, पथरिशनिश्चरे नगरपालिकामा गत सोमबार ८ महिला सहित कूल १० नयाँ संक्रमित थपिएका छन्। कूल ४ सय ५३ जना संक्रमित मध्यें ३ सय ३५ जना निकाे भइ घर फर्किएका हुन् भने १५ जनाले ज्यान गुमाएका छन्। यस नगरमा कोरोना संक्रमणको दर घटी रहेको परिप्रेक्ष्यमा केही दिन यता देखि निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ । नगरले संचालनमा ल्याएको आईसोलेसनमा अहिले ४ पुरूष सहित जम्मा ७ जना संक्रमितले उपचार सेवा लिइ रहेको नगर स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यले जानकारी दिनुभएको छ । उहाँले बुधबार बिहान मात्र एक कोरोना संक्रमित महिलालाई थप उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा “रिफर ‘गरिएको बताउनुभयो ।