गौरीगञ्ज/गौरीगञ्ज गाउपालिका वडा नं १ को वडा कार्यालयले सो वडाका विपन्न तथा एकल महिलाहरुलाई सहजताका लागि सिलिण्डर ग्यास र चुल्हो सेट वितरण गरेको छ ।


वडा कार्यायले कूल ६५ परिवारलाई एक/एक थानका दरले चुल्हो सेटसहित सिलिण्डर ग्यास वितरण गरेको हो । मंगलबार वडा कार्यालय परिसरमा आयोजित सक्षिंप्त कार्यक्रममा वडाध्यक्ष कार्तिकलाल राजवंशी, कार्यपालिका सदस्य भिम प्रसाद राजवंशी, वडा सदस्यहरु राजभक्त सुनुवार, जानुका गौतम, सुनिता पासवान लगायतले ति सामग्री हस्तान्तरण गरे ।

वडाध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार वडा कार्यालयको कूल ४ लाख रुपैयाको बजेटमा ग्यास सिलिण्डर, चुल्होसहितको सेट प्रदान गरिएको हो । आगामी दिनमा पनि वडाले यस किसिमका गरीब तथा विपन्नलाई प्रत्यक्ष लाभ पुग्ने किसिमका कार्यक्रमहरु ल्याउने उनले बताए । सो अवसरमा लाभग्राहीका तर्फबाट फुलमाया उप्रेती, सोम सोरेन र मंगलचन्द्र झाले धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले ग्यास चुल्होको सदुपयोगमा प्रतिबद्धता जनाए ।

Facebook Comments Box