झापा ,दमकको पशुहाट मा रहेको बि एन्ड बि सप्लायर्समा गए राती आगलागी भएको छ। राती ११ बजे आगलागी भएको बताइएको छ।आगोलाई ,दमकल ,प्रहरी र स्थानीयको सहयोगमा १२ बजे पछि मात्रै नियन्त्रणमा लिएको थियो।
बिधुत चुहिएर सो पसलमा आगलागी भएको अनुमान गरिएको छ भने उक्त होलसेल पसलमा रहेको लुगा कपडा ,एसि जलेर सबै नस्ट भएको जानकारी बाणिज्य सघ दमकका प्रथम उपाध्यक्ष गोपाल गुरागाइले बताए। कृष्ण ओलि र बिस्नु श्रेष्ठले सन्चालन गर्दै आउनु भएको सो पसलमा करोडौंको क्षति पुगेको बताइएको छ।।