दमक/ झापाको गौरीगञ्ज १ साविक महाभारामा बसोबास गर्दै आएका सन्थाल समुदायका अग्रज ढेबु मुुर्मुको ८० बर्षको उमेरमा आज बिहिबार निधन भएको छ । उनमा एक बर्ष अघिदेखि श्वास प्रश्वास समस्या थियो । स्वर्गीय मुर्मुकी श्रीमती , दुई छोरा र तीन छोरी तथा दर्जन बढी नाती नातिना र पनाती पनातिना छन ।

मुुर्मु ५०/६० बर्ष अघिदेखि सो ठाउँमा निरन्तर बस्द आएका थिए । २०५६/०५७ साल ताका सो ठाउँबाट केही सन्थाल परिवारहरु छिमेकी मुलुक भारतका बस्तीहरुमा बसाइँसरी गएपनि एउटा सिंगो बस्तीको संरक्षकको रुपमा मुुर्मु त्यहाँ बस्दै आएका थिए । उनकै नामबाट सन्थालहरुको बसोबास रहेको सो ठाउँको एउटा बस्तीको नामाकरणनै ढेवु बस्ती गरिएको छ । सरकारले सो ठाउँका लागि विभिन्न योजना, कार्यक्रमहरु ल्याउँदा सो बस्तीलाई ढेवु बस्ती उल्लेख गर्ने गरेको पाइन्छ । त्यहाँ करिब १५/१६ घर परिवारको बसोबास छ । दशैंको समयमा लाग्ने विभिन्न मेला बजारमा सन्थाल समुदायको परम्परागत नाच देखाउने कार्यक्रम होस वा विभिन्न पार्टी संगठनका प्रचार अभियानहरुमा उनको अगुवाई रहने गरेको थियो ।