दमक/लायन्स क्लब इन्टरनेशल अन्तर्गत रहेको लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वान को १० औं पदस्थापन तथा डिष्ट्रिक काउन्सिल मिटिङ दमकमा हुने भएको छ ।
लियो डिष्ट्रिक ३२५ ए वान का रिजन–३ का रिजन चियर पर्सन संजयजंग थापाको संयोजकत्वमा सोको तयारी भइरहेको हो । असोज ९ गते शनिबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा सो कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भइरहेको संयोजक थापाले बताउनु भयो ।
कार्यक्रमको तयारीमा दमक तथा आसपासमा रहेका सम्पूर्ण लियो क्लबहरुले समेत सहकार्य गरिरहेका छन । दमकका सम्पूर्ण लायन्स क्लब, डिष्ट्रिक ३२५ ए वान का पदाधिकारीहरुको सहयोग र साथ पाइरहेकोले कार्यक्रमलाई सफल बनाउन सहज हुनेमा आफू विश्वस्त रहेको थापाले बताउनु भयो। इन्स्टलिङ अफिसरका रुपमा लायन्स क्लब डिष्ट्रिक ३२५ ए वान, नेपालका डिष्ट्रिक गवर्नर लायन रेवत बहादुर कार्की पि.एम.जे.एफ. हुनुहुन्छ भने प्रिसाडिङ अफिसरको रुपमा लियो डिष्ट्रिक ३२५ ए वानका जिल्ला अध्यक्ष लियो मुकेश पौडेल रहनु हुनेछ ।

Facebook Comments Box