दमक/झापा र मोरङमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ती गा.पा. वडा नं. ३ को ७ चौकस्थित मेची राजमार्गमा दक्षिणवाट उतर तर्फ आउदै गरेको प्र.१–०१–००१ ज ३५५५ नम्बरको पिकअपले बिपरित दिशावाट जाँदै गरेको मे.१०प ६०७ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक ताप्लेजुङ सिनामका ३३ बर्षिय पर्शुराम लिम्बुको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । पछाडी सवार ताप्लेजुङकै ३३ बर्षिया मनिषा लिम्वु सामान्य घाईते भएकी छिन । उनको उपचार भइरहेको छ । पिकअप चालक ईलाम सुर्योदय न.पा. वडा नं. १० का बिवेक प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी विराटगर कोेशी प्रोजेक्टस्थित भित्रि पक्कि सडक खण्डमा पाइनियर फ्याक्ट्रि अगाडि कोशो लोकमार्गमा उतरबाट दक्षिण तर्फ जादै गरेको बा ११ च १५७१ न.को कारको टायर पम्चर भएर अनियन्त्रित भई रोडको साईडमा रहेको बिजुलीको पोलमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कारमा सवार ३० बर्षिया चन्द्रकला राईको मृत्यु भएको छ । कारमा सवार गिता लिम्बु र कालि धिमाल सामान्य घाईते भएकी छिन ।

Facebook Comments Box