गौरादह/ झापाको गौरादहका दुई परिवारमा एकै दिन शोक परेको छ । प्याब्सन प्रदेश न १ का केन्द्रीय उपाध्यक्ष समेत रहेका गौरादहस्थित माउष्ट एभरेष्ट माध्यमिक विद्यालयका प्रिन्सिपल नारायणप्रसाद घिमिरेलाई मातृशोक परेको छ ।

गौरादह नगरपालिका वडा नं. १ निवासी घिमिरेकी आमा मनमाया घिमिरेको ९३ बर्षको उमेरमा आइतबार बिहान निजी निवासमा १०.३० बजे निधन भएको थियो । स्व. मनमायाको आइतबारनै स्थानीय कृष्णे घाटमा परम्परा अनुसार अन्त्यटी गरिएको छ । स्व.घिमिरेका तीन छोरा र आठ जना छोरी रहेका छन् ।

त्यसैगरी गौरादह उद्योग वाणिज्य संघका महासचिव एवम् सहकारी तथा सामाजिक अगुवा निर्मल वास्तोलाको परिवारमा पनि शोक परेको छ । वास्तोलाकी आमा गौरादह ४ निवासी लेखामाया वास्तोलाको ७१ बर्षको उमेरमा आईतबारनै राती ११. ५५ बजे निवासमै निधन भएको हो । उहाँ लामो समयदेखि जण्डीस रोगबाट पीडित थिइन् । लेखामायाका ३ भाई छोरा र एक छोरी छन् । स्वर्गीय लेखामायाको आज बिहान ११ बजे कृष्णे घाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Facebook Comments Box