दमक/पूर्वमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार मोरङ, सुनसरी र इलाममा हिजो साँझ अलग अलग समयमा भएका सवारी दुर्घटनाका घाईते उनीहरुको उपचारका क्रममा बिहिबार राती मृत्यु भएको हो ।
कोशी लोकमार्गमा पर्ने दुहवी २ मा मे १ ख २७४८ नम्बरको बसको ठक्करबाट मोरङको बुढीगंगा ७ का आशाराम चौधरीको राती पौने ९ बजे मृत्यु भएको हो । त्यस्तै मोरङको बुढिगंगा – २ शान्ति चौकमा को १ ख ७५४८ नम्बरको यात्रु बहाक बसले पश्चिम बाट पुर्व तर्फ बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदा संखुवासभा घर भइ हाल मोरङ बेलबारी ८ बस्दै आएका ५१ बर्षिय देवेन्द्र पन्तको मृत्यु भएको हो । सुनसरी भोक्राहा नर्सिङ ६ स्थित भित्रि पक्किसडक खण्डमा को ८ प १२४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० बर्षिया रामुदेबी मण्डलको ज्यान गएको हो ।