दमक/ दमक ६ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक साधारणसभा शनिबार शुरु भएको छ । संस्थाको आफ्नै कार्यालयमा आयोजना गरिएको १०औं वार्षिक साधारणसभाको उदघाटनका अवसरमा संस्थाको सञ्चालक समितिको बार्षिक प्रतिवेदन र लेखा समितिको लेखा प्रतिवेदन प्रस्तुत गरिएको छ ।
वार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष महेश घिमिरेसहित, उपाध्यक्ष युवराज खनाल (सागर) , व्यवस्थापक शेखर भट्टराई लगायतले साधारणसभामा प्रस्तुत गर्ने आर्थिक बर्ष २०७७/०७८ को प्रतिवेदन सार्वजनिक गरेका थिए ।
संस्थाका अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा घिमिरेले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिले पनि बढ्दो अवस्थामा रहिरहेकोले संस्थाले बार्षिक साधारणसभामा सहभागी शेयर सदस्य र कर्मचारीहरुको भिडभाड नगरी सम्पन्न गर्ने गरी तिन दिनसम्म प्रतिवेदन वितरण कार्यक्रम आयोजना गरिएको बताए । १५ कार्तिकमा आवश्यक सुझाव लिई १०औं बार्षिक साधारणसभालाई सम्पन्न गरिनेछ ।
सञ्चालक समितिका उपाध्यक्ष खनालले स्वागत मन्तव्य राखेको साधारणसभाको उदघाटन कार्यक्रममा युवा व्यवसायी महेन्द्र खड्का, दमक अस्पताल सञ्चालक समितिका सदस्य सन्तोष दुलाल, पत्रकार अनिलदेब राई लगायको उपस्थिति थियो । दमकका युवा व्यवसासी र सामाजिक अगुवाहरुले २०६८ सालमा कलश बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरेका हुन् । संस्थामा हाल, २४ सय ७२ जना सदस्यहरु छन् । आर्थिक वर्ष २०७८÷०७९ मा सञ्चालन गर्ने कार्यक्रमहरु प्रस्तावका रुपमा पेश गरिएको छ । कर्मचारीको सेवा, सुविधा, लेखा परिक्षक नियुक्ती, बिनियम संशोधन लगायतका विषयहरुसँगै ब्याजदर परिर्वतन तथा ऋण लगानी सम्त्रन्धी थप व्यवस्था सम्बन्धमा, सम्मान तथा पुरस्कार सम्बन्धमा, सामाजिक कार्य, रेमिट्यान्स सेवा सम्बन्धमा, सवारी साधन खरिद र बिक्री सम्बन्धमा प्रतिवेदन ल्याइएको छ । वित्तिय कारोबारका कार्यहरुसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रममा संस्थाको योगदानलाई आगामी बर्ष अझै बढाउने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तैं, कर्मचारीको क्षमता बृद्धिसँगै औषधी उपचारमा पनि संस्थाले नीतिगत कार्यक्रमहरु ल्याउन लागिएको प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तैं, लेखा समितिको तर्फबाट गोविन्दराज कटेलले प्रस्तुत लेखा समितिको प्रतिवेदनमा संस्थाको शेयर पूँजी २,१७,३४,२०० निक्षेप पूँजी १७,६८,७५,२६९ बैंक १,६७,६१,६१५ ऋण लगानीतर्फ १८,९०,०६,०४२ सम्पती सामानतर्फ ११६६७९९ र नगद मौज्दात ३२,६८,१९२ उल्लेख छ । वार्षिक साधारणसभाको उदघाटन कार्यक्रममा संस्थाका व्यवस्थापक भट्टराईले सञ्चालन गरेका थिए ।