गौरादह / तिहार र छैठको अवसर पारेर गौरादहमा कार्तिक १४ गते देखि  भलिवल प्रतियोगिता शुरु हुने भएको छ।
स्थानीय जनता माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा सरोकार समाज र गौरादह १ वडा कार्यालयको आयोजनामा हुने अन्तरपालिका झापा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको  हो ।  प्रतियोगितामा  झापाका १५ वटा पालिकाहरु मध्ये १३ वटा पलिकाको सहभागिता रहनेछ ।   १७ गते कुकुर तिहारका दिन फाइनल खेल  हुने खेल आयोजक समितिका सहसंयोजक निर्मल बाँस्तोलाले बताए।   प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख र उपविजेता हुने टिमले नगद ५० हजारका साथै ट्रफी मेडल र प्रमाणपत्र हात पार्ने खेलका कार्यक्रम संयोजक कृष्णकुमार कार्कीले बताए ।  त्यहाँ बर्सेनी तिहार तथा छैठ पर्वको अवसर पारेर भलिवल प्रतियोगिता हुदैआएको छ । प्रतियोगितामा गौरादह, अर्जुनधारा, विर्तामोड, बुद्धशान्ति, कमल, भद्रपूर, कन्काई, मेचीनगर, दमक, झापा गउँपालिका, बाह्रदशी, गौरीगञ्ज, र शिवसताक्षी नगरपालिका लगायतका पालिकाहरुले सहभागिता जनाउने छन् ।

Facebook Comments Box