दमक /यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। २०७५ को एसइईको नतिजा प्रकाशसनका लागि आवश्यक तयारी अन्तिम अवस्थामा पुगेको परीक्षा नियन्त्रण विष्णुप्रसाद अधिकारीले बताए। उनले भने, आज साँझसम्ममा परीक्षाफल प्रकाशित गरिनेछ, प्रकाशनको अन्तिम तयारीमा हामी लागेका छौं।’ परीक्षाको नतिजा सम्बन्धि विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ। परीक्षा नियन्त्रण कार्यालयले हिँजै सार्वजानिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ। २०७५ चैत १० गतेदेखि सन्चालन गरिएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। सम्बन्धित निकायले नतिजा आउँदैछ प्रतिक्षा गर्नुहोस् भनिसक्यो ।

यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकाएको थियो । चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए ।

नतिजा हेर्नका लागि {नतिजा हेर्ने यो तरिकालाई सबै समक्ष पुर्याउन सक्दो सेयर गरिदिनुहोला । } परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा. लि.काे www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

Facebook Comments Box