दमक/ सत्तारुढ नेकपाको जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघको झापा जिल्ला ईन्चार्जमा केन्द्रिय सचिवालय सदस्य समेत रहेका झापा कमल गाउँपालिकाका बेनुप्रसाद शिवाकोटीले जिम्मेवारी पाएका छन् ।
उनी कमल गाउँपालिकाका उपाध्यक्ष पनि हुन् । उनी तत्कालिन महासंघमा समेत सचिवालय सदस्य थिए । सचिवालय सदस्यमा झापाका देवी बराल पनि रहेका छन् ।
झापा जिल्लाको सहईन्चार्जमा ताराप्रसाद उपाध्याय सुवेदी, संयोजकमा गोपाल चुडाल र सहसंयोजकमा कर्णखर प्रसाई रहेका छन् ।