दमक/विप्लव नेतृत्वको नेकपा सम्बद्ध युवा संगठनका एक जिल्ला अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ६ घर भएका अध्यक्ष शमशेर घिसिङलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहका अनुसार घिसिङलाई बकैया ४ जुरेलीबाट पक्राउ गरिएको हो ।
घिसिङलाई जिल्ला प्रहरी कार्यालय मकवनापुरमा राखिएको छ । प्रतिवन्धित पार्टीको जिम्मेवार पदमा रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।