दमक/ दमक ६ स्थित गोल्डेन गेट बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा गमला र विरुवा प्रदान गरेको छ । संस्थाले ९ औं बार्षिकोत्सवका अवसरमा दमक ८ स्थित डाँफे मुनाल टोलमा पर्यायवरीय सुरक्षा तथा हरित शहर निर्माणमा योगदान दिन ४० थान गमला र विरुवा प्रदान गरेको हो । संस्थाका अध्यक्ष गजेन्द्र निरौलाको अध्यक्षता र दमक ८ का वडाध्यक्ष पशुपतिराज गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ति गमला हस्तान्तरण गरिएको संस्थाका सञ्चालक राजु खडकाले जानकारी दिए ।
सो अवसरमा वडा सदस्यद्धय मिना प्याकुरेल, बुद्ध कुमारी गजमेर लगायत, संस्थाका सञ्चालक तथा कर्मचारीहरु र टोल बिकासका प्रतिनिधि, सर्वसाधारणहरु सहभागी थिए ।

 

 

Facebook Comments Box