संखुवासभा/ संखुवासभाको मकालु गाउँपालिका–२ बुङगिङका चिङगु शेर्पाको २ बर्षीय छोरा पेम्बा नुर्वु शेर्पाको खोलाले बगाएर मृत्यु भएको छ ।
आमा चिङगु दिउँसो २ बर्षीय छोरा र ३ बर्षीया छोरीलाई घरमा छाडेर च्याक्सेडाडा बजार गएकी थिइन् ।
राती ११ बजे बजारबाट घर आउँदा छोराछोरी नदेखे पछी खोजतलास गर्ने क्रममा घर नजिकैको बेतला खोलाको किनारमा छोरीलाई फेला पारेकी थिइन । छोरीले जानकारी गराए अनुसार खोजी गर्दा बालकलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।