दमक/ दमक ६ स्थित उद्यम बिकास बचत तथा ऋण सहकारी संस्थाले आज नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको विभिन्न तहको अधिवेशनमा निर्वाचित संस्थाका सञ्चालकहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
सो संस्थाकी अध्यक्ष तथा सहकारी अभियानमा निरन्तर सक्रिय व्यक्तित्व चन्द्रा खडका कांग्रेसको एक नम्बर प्रदेश समिति सदस्यमा, संस्थाको गौरादह सेवा केन्द्र संयोजक जिवन कुमार राई प्रदेश क्षेत्र कको सभापतिमा र संस्थाका उपाध्यक्ष रणबहादुर बराइली प्रदेश क्षेत्र खबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन । उनीहरुलाई संस्थाका सञ्चालक, विभिन्न उपसमिति र कर्मचारीहरुले कार्यालयमा बधाईसंगै शुभकामना साटासाट गरेका थिए ।
