दमक/ झापाको दमकमा सञ्चालित चेसुङ मिडिया प्रालिले प्रदेशवाणी डटकम सञ्चालनमा ल्याएको छ । करिब एक बर्ष अघिदेखि सञ्चालनमा आएको भएपनि प्रदेश वाणी डटकमलाई हालै औपचारिक रुपमा शुरु भएको चेसुङ मिडिया प्रालिले आफनो स्वामित्वमा ल्याएर सूचना तथा समाचारहरु अद्यावधिक गर्न शुरु गरेको हो । प्रालिले सूचना तथा प्रशारण विभागमा आधिकारिक रुपमा सो वेवसाइट दर्ता गरी प्रेस काउन्सिलमा सूचिकृत गराएर कानुनी प्रकृया पूरा गरेको प्रालिका सञ्चालक यज्ञराज आङदेम्बेले जानकारी दिए ।
झापाकै पुराना मध्येका अनुभवी पत्रकार आङदेम्बेले सञ्चालनमा ल्याएको सो मिडिया प्रालिले प्रदेशवाणी डटकमको सम्पादकमा दिलकुमारी राईलाई नियुक्त गरेको छ । प्रालिका सञ्चालक आङदेम्बेले नेपाली भाषामा अद्यावधिक हुने सो न्यूज पोर्टलमा विशेष गरेर प्रदेश १ र दमक आसपासका समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरिएको बताएका छन ।

Facebook Comments Box