दमक/दमकस्थित रतुवा पूलबाट झण्डै २ सय मिटर पश्चीम रेडक्रस भवन सिधा पूर्व पश्चीम लोकमार्गमा आज मध्यान्ह भेटिएको कुकर बम जस्तो देखिने शंकास्पद वस्तुका कारण सर्वसाधारण त्रसित बनेका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले आज गरेको बन्दका क्रममा त्यहाँ वम राखेको हुन सक्ने आंशकामा सर्वसाधारणलाई प्रहरीले आवागमनमा रोक लगाएको छ । सो संगै बिहानैदेखि छिटफुट रुपमा चल्दै आएका सवारी साधन सो बमका कारण पूर्णरुपमा बन्द भएका छन् ।
करिब मध्यान्ह १२ बजेतिर मोटरसाईकलमा आएका अज्ञात व्यक्तिले लोकमार्गको बीचमा एउटा कुकरलाई रातो रंगकोे प्लाष्टिक जस्तो बस्तुले बेरेको अवस्थामा छोडेर हिंडेपछि एकाएक त्यहाँको वातावरण त्रसित बनेको हो । तत्कालै सुरक्षाकर्मीले सो स्थानलाई घेरा हालेर आवागमन रोकेको छ । लोकमार्गमा आवागमन बन्द भएपछि सर्वसाधारणहरु पूल मुनि खालै खोला वारपार गरिरहेका छन् । मोटरसाइकल र पैदलयात्री मात्रै पूल मुनिबाट कष्टपूर्ण रुपमा आवतजावत गर्न बाध्य भएका हुन् । त्यसैगरी पाडाजुँगी गौरीगञ्ज सडक अन्तर्गत गौरादह १ स्थित गणेश मन्दिर नजिकै रहेको पूलमा पनि शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रसित भएका छन् । रातो झोला भित्र राखिएको सो बस्तु वम हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले ति दुवै शंकास्पद बस्तु वम रहेको आशंका गरी वम डिस्पोजल टोलीलाई जानकारी गराइएको बताए । छिट्टै वम निष्क्रिय गराएर आवामगनम सहज बनाउने प्रयत्नमा प्रहरी रहेको उनले बताए । यद्यपी आज बन्द आव्हान गरेको विप्लव नेतृत्वको नेकपाले भने ति घट्नाको औपचारिक रुपमा जिम्मा लिएको छैन ।

यस अघि बिहानै सुन्दरहरैंचाको वडा नम्बर ७ ठडिया, पाथीभरा टोलमा पनि शङ्कास्पद वस्तु फेला परेको थियो ।

Facebook Comments Box