दमक/झापाको कमल गाउँपालिकाका कलाकर्मीहरु संगठित भएका छन । कलाकर्मीहरुको शुक्रबार सम्पन्न गाउँपालिकास्तरीय भेलाले कमल सांस्कृतिक मञ्चको तदर्थ समिति समेत गठन गरेको छ । सङ्गीतकार एवम् गायक कैलाश थापा मगरको संयोजकत्वमा भएको सांस्कृतिक कलाकर्मीहरूको भेलाले थापा मगरको अध्यक्षतामा १३ सदस्यीय मञ्च गठन गरेको हो । सो मञ्चको उपाध्यक्षमा डम्बर तामाङ, र शारदा रिजाल (ईश्वरा सरु) , सचिवमा विजयकुमार अधिकारी, सहसचिवमा राजकुमार श्रेष्ठ र कोषाध्यक्षमा हिमाल लेछेर्बाे चयन भएका छन । त्यसैगरी सदस्यहरुमा चूडामणि पौडेल , भीष्म सुवेदी, कमला भण्डारी, मीना ओझा, अमर सुवेदी र सावित्रा लुइँटेल रहेका छन ।

Facebook Comments Box