दमक/नेपाल डेरी एशोसिएशन प्रदेश नं १ को दोश्रो अधिवेशनले गंगा खडकाको अध्यक्षतामा एशोसिएशनको प्रदेश र झापा जिल्ला समिति चयन गरेको छ । शनिबार धनुषकोटी धाममा भएको एशोसिएशनमा आवद्ध दुग्ध डेरी व्यवसायीहरुको अधिवेशनले सो समिति चयन गरेको जनाइएको छ । प्रदेश समितिको उपाध्यक्षमा गुरु प्रसाद दाहाल, सचिवमा अशेषकुमार बुढाथोकी , सहसचिवमा देवेन्द्र मैनाली र कोषाध्यक्षमा सुदामा प्रसाद सिहं रहेका छन । त्यसैगरी झापा जिल्ला समितिको भरत ओली, उपाध्यक्षमा योगानन्द खतिवडा, सचिवमा प्रकाश मैनाली, सहसचिवमा कमल पाण्डे र कोषाध्यक्षमा सञ्जय सहनी चुनिएका छन । त्यस्तै अधिवेशनले मोरङ जिल्ला समितिको अध्यक्षमा विष्णु बोहोरा, उपाध्यक्षमा सुवास गुरागाइँ र सचिवमा सिताराम भट्टराई चुनिएका छन ।
त्यसैगरी अधिवेशनले इलाम संयोजकमा अम्बिका प्रसाद चौंलागाइँ, सुनसरी संयोजकमा सागर आचार्य, पाँचथर संयोजकमा मनिष तामाङ र धनकुटा संयोजकमा लेखनाथ रिजाललाई तोकिएको एशोसिएशन झापाका निवर्तमान अध्यक्ष सोमनाथ घिमिरेले निष्कर्ष न्यूजलाई जानकारी दिए । एशोसिएशनका केन्द्रीय सदस्य डम्बरकुमारी गौतमको प्रमुख आतिथ्य र निवर्तमान प्रदेश अध्यक्ष हेमचन्द्र खनालको सभापतित्वमा भएको सो अधिवेशनमा झापा अध्यक्ष घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने सचिव ओलीले सञ्चालन गरेका थिए ।

Facebook Comments Box