इलाम/ इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको ‘अन्तु भ्याली टी’ कारखानामा आगलागी भएको छ । आगोले कारखानासहित मेसिन औजार र तयारी चिया सबै जलेर नष्ट भएकाे छ। सूर्योदय नगरपालिकाका दुईवटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दिउँसो तीन बजेदेखि सुरु भएको आगलागीको कारण खुलेको छैन । आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने प्रहरीले जनाएको छ ।

Facebook Comments Box