ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ तेम्बे स्थित दोभान ताप्लेजुङ सडक खण्डमा आज बिहान राती भएको सवारी दुर्घटनामा चार जना घाईते भएका छन । सदरमुकामबाट साघुँ तर्फ जादै गरेको मे १ ज ३२६५ नम्बरको म्याक्स गाडी बिहान करिब पौने २ बजे सडकबाट सय मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा चालकसहित ११ जना सवार थिए । उनीहरु मध्ये ताप्लेजुङ मैवाखोला गापा ३ साँघपाटीका १६ बर्षिय नबराज लिम्बु १९ बर्षिय सन्तोष पतङवा १५ बर्षिय बिजय टुडु र फक्ताुङलुङ गापा २ खेजेनिमका २४ बर्षिय पुर्ण काङबाङ घाईते भएका हुन । उनीहरुको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको टाफिक प्रहरीले जनाएको छ ।