दमक/पूर्व पश्चीम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी वडा नं १ धरमपुरमा तत्काल पहिचान नखुलेको सवारीको ठक्करबाट स्थानीय एक युवकको ज्यान गएको छ ।

राती अन्दाजी ११ बजे भएको सो दुर्घट्नामा सोही ठाउँका १९ बर्षिय समिर गुरुङको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज रोहित थापाले जानकारी दिनु भयो ।

राती सवा १० बजे सम्म घरमै रहेका गुरुङ गर्मीका कारण हाइवे तिर निस्किएको समयमा अज्ञात सवारी साधनले ठक्कर दिदाँ मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ठक्कर दिने सवारी साधनको पहिचान गर्न शंकास्पद ट्रक तथा अन्य सवारी साधनहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाइएको छ ।

Facebook Comments Box