दमक/ दमकस्थित निम्स नेशनल अस्पताल प्रालिको नयाँ नेतृत्व चयन भएको छ । सो अस्पतालको सञ्चालक समिति अध्यक्षमा दमकका राजनीतिक तथा सामाजिक व्यक्तित्व उमाकान्त आचार्य चयन भएका छन । संस्थाको बिहिबार सम्पन्न विशेष साधारणसभाले तीन बर्षे कार्यकालका लागि अध्यक्षमा आचार्यसहितको सञ्चालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मन्धरा पौडेल, सचिवमा रोशन विष्ट र कोषाध्यक्ष रमा लिम्बु चयन भएका छन । सञ्चालक समिति सदस्यहरुमा चन्द्रा खड्का भट्टराई, रवि न्यौपाने, नवलचन्द्र गुरागाईं, ईन्द्र बहादुर अधिकारी, लोमस न्यौपाने, घनेन्द्र नेपाल र अनिल सुवेदी चयन भएका जनाइएको छ ।
दमक ९ क्याम्पसमोड नजिकै सञ्चालनमा सरल र सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने गरिएको सञ्चालक समितिको दाबी छ । सभाले हरि सुवेदीको संयोजकत्वमा महेन्द्र सेडाईं र कमला सुब्बा सदस्य रहेको लेखा समिति समेत गठन गरेको जनाइएको छ । त्यसैगरी संस्थाका पुर्व उपाध्यक्ष जगत बोहरा संयोजक रहेको अनुगमन तथा सल्लाहकार समिति समेत बनाईएको छ । समितिका सदस्यहरु भने संयोजक बोहराले चयन गर्नेछन ।
