दमक/ सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक तथा CG|Holdings  को अटोमोटिभडिभिजन, CG|Motocorpnले यसअघिको स्वरुपमा समयको आवश्यकता अनुसार परिवर्तित नयाँ स्वरुपको कार सार्वजनिक गरेको छ । कम्पनीले सो कारलाई सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार भएको दाबीसहित Suzuki Celerio सार्वजनिक गरेको हो ।
बढ्दो पेट्रोलेयम पदार्थको मूल्यवृद्धिको भारलाई समेत ध्यानमा राखेर केही राहत मिल्ने विश्वास सहित कम्पनीले सो कार बजारमा ल्याएको हो । नयाँ सेलेरियोमा सहज किसिमको ड्राइभिङ अनुभव, नयाँथ्रीडीअर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा र सहज सुविधाहरू भएको कम्पनीले जनाएको छ । दमकस्थित सो कम्पनीको आधिकारिक बिक्रेता बिआरएन ब्रदर्शले सो रुममा मंगलबार आयोजना गरेको कार्यक्रममा बिआरएन ब्रदर्शका निर्देशक बलराम पराजुली , रोटरी क्लब अफ दमकका अध्यक्ष भरत चम्लागाइँ र हाउजिङ व्यवसायी कृष्णभक्त सुवेदीले संयुक्त रुपमा सो कार सार्वजनिक गरे । एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्टसिग्नेचर फ्रन्टग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिने जनाइएको छ । पावर र माइलेजको उत्तम समिश्रण भएकाले नेपालमै सर्वाधिक प्रति लिटर २६.६८ किलोमिटर दुरीको माइलेज दिनसक्ने जनाइएको छ ।

Facebook Comments Box