दमक / नेपाल आइडल सिजन ४ को उपाधीका लागि प्रतिस्पर्धामा रहेकी झापा दमककी वेनिसा पौडेल आज ( बिहिबार) उत्कृष्ट ६ का लागि भएको प्रतिस्पर्धामा सुरक्षित भएकी छिन । एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको सो रियालिटी शो अन्तर्गत बिहिबार को राउण्डमा समेत उत्कृष्ट गायन प्रस्तुत गरेर बेनिसाले आफूलाई उपाधिका लागि बलियो दाबेदारका रुपमा पुरयाएकी हुन । बिहिबार उत्कृष्ट ७ का लागि भएको प्रतिस्पर्धामा सुरक्षित भएकी छिन । एपी वान टेलिभिजनबाट प्रशारण भइरहेको सो रियालिटी शो अन्तर्गत बिहिबारको राउण्डमा समेत उत्कृष्ट गायन प्रस्तुत गरेर बेनिसाले आफूलाई उपाधिका लागि बलियो दाबेदारका रुपमा पुरयाएकी हुन ।
दमकमा बेनिसा जिताऔं अभियान सञ्चालन गरिरहेकी अभियान्ता मध्येकी एक संगित प्रशिक्षक कमला खनाल बेनिसाको पछिल्लो प्रस्तुतिबाट उनी नेपाल आइडलको उपाधीका लागि निक्कै नै योग्य प्रतिस्पर्धी हुन भन्ने प्रमाणित गरेको बताउँछिन । आफूहरुले बिहिबार रातीको नतिजासंगै उत्साहति बनाएको उनले उल्लेख गरिन । दमकमा उनका समर्थकहरुले बेनिसा जिताऔं अभियान शुरु गरिसकेका छन । बेनिसाको गृह नगर दमकमा भेला भएका समर्थकहरुले दमककी सामाजिक अभियन्ता चेतना निरौलाको संयोजकत्वकमा बेनिसा जिताऔं अभियान सञ्चालन समिति र कला तथा रंग क्षेत्रका लगानीकर्ता चैतन्य बरालको संयोजकत्वमा अभियानको सल्लाहकार समिति पनि गठन गरेर अभियान सञ्चालन गरिरहेका छन । बेनिसाले प्रारम्भिक शिक्षा दमकको मेची सेकेण्ड्री बोर्डिङ स्कूलबाट लिएकी हुन भने मावि तह सम्मको अध्ययन दमक १ स्थित चुलाचुली अंग्रेजी माविमा गरेकी थिइन । सोही बिद्यालयबाट एसएलसी उत्तिर्ण गरेकी उनले दमकको हिमालय माबिमा समेत कक्षा ११ मा अध्ययन गरेकी थिइन । हाल आरआर कलेज काठमाडौंमा अध्ययनरत उनको पारिवारिक पृष्ठभुमी सामान्य किसिमको छ ।
संगित प्रशिक्षक खनालले सानैदेखि गीत संगितका क्षेत्रमा विशेष प्रतिभाको क्षमता राख्ने बेनिसाको अहिले सम्मको प्रस्तुतिले उनलाई नेपाल आइडल सिजन ४ मा अहिले सम्म सुरक्षित राखेपनि अब पर्याप्त भोटको आवश्यकता रहेको बताइन । भोटिङका लागि सामुहिक प्रयासको खाँचो रहेको अभियानकी संयोजक चेतना निरौलाले बताइन । बेनिसामा रहेको गायन क्षमता र प्रतिभालाई प्रोत्साहन गर्न आवश्यक रहेको अभियानका सल्लाहकार संयोजक समेत रहेका नेपाल चलचित्र व्यवसायी संघका १ नम्बर प्रदेश अध्यक्ष चैतन्य बरालले बताए ।
को हुन बेनिसा ?
दमक ५ का पुण्य प्रसाद पौडेल र आमा मेनुका पौडेलकी सुपुत्री वेनिसाको गीत संगितमा सानैदेखिको रुची र सांगितिक क्षेत्रमा नै भविष्य खोज्ने लक्ष्यले अहिले सम्म नेपाल आइडल सिजन ४ को उत्कृष्ट ६ सम्म पुरयाएको हो ।
दमकमा छँदा बिहानी कला केन्द्र र उर्लाबारीको एक संगित बिद्यालयबाट संगित सम्बन्धिको अध्ययनको शुरुवात गरेकी वेनिसाको सांगितिक यात्रालाई अघि बढाउन वेनिसाकी आमा मेनुका दाहाल ( पौडेल)ले सबै गीत संगीतप्रेमीहरुलाई सहयोगका लागि अपिल गरेकी छिन ।
निजी क्षेत्रमा सामान्य जागिरे जिवन बिताइरहेको पौडेल परिवारले छोरी बेनिसाको कला र प्रतिभाको सम्मान हुने विश्वास लिएको छ । आमा मेनुका भन्छिन– सानैदेखि उ ( वेनिसा) गीत गुनगुनाई रहन्थिन । कुनै कुरामा सफलता पाउन निरन्तरताको जरुरी हुन्छ । उनले निरन्तर गीत संगीत क्षेत्रमा ध्यान लगाएकी छिन । सफलता पाउँछिन भन्नेमा विश्वस्त छु ।
वेनिसाको स्वरमा पहिलो रेकर्डेड गीत आँखैमा लाउने गाजल सकियो ……बोलको गीत निक्कै लोकप्रिय बनेको थियो । योसहित उनको स्वरमा अहिले सम्म ४० बढी गीतहरु रेकर्ड भइसकेका छन । मधुर स्वर, शालिन स्वभाव र अनुशासित व्यवहार वेनिसालाई नेपाल आइडल सिजन ४ को उपाधी जिताउने बलियो आधार हुन । उनलाई एसएमएस भोटिङका लागि मोवाइलमा ०२ टाइप गरेर ३७००० मा सेन्ड गर्न सकिनेछ । त्यसैगरी भोट गर्न आफ्नो मोबाईलमा cellpay app डाउनलोड गरेर असिमित भोट गर्न सकिनेछ । नेपाल बाहिर Shristi app बाट भोट गर्न सकिनेछ ।
भोटिङ बिहिबार बेलुका 10 बजेबाट सुरुभै सोमबार दिउँसो १२ बजे सम्म्मात्र हुनेछ ।
