काठमाडौं/ विद्युतीय राहदानी बनाउन आफ्नै जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिन राहदानी विभागले अनुरोध गरेको छ । पछिल्लो समय ७७ जिल्लाबाटै विद्युतीय राहदानीका लागि सेवाग्राहीहरू काठमाण्डौ आउँदा दिनमा १२ देखि १३ सय आवेदन स्वीकार गर्दा विभागमा घुइँचो र सेवाग्राहीलाई पनि सास्ती भएको भन्दै विभागले अत्यावश्यक अवस्था नभएमा जिल्लाबाटै राहदानी बनाउन अनुरोध गरेको हो ।
‘अहिले जिल्लाबाट वा नियोगबाटै राहदानीका लागि आवेदन दिँदा पनि एक हप्तादेखि १० दिनमा राहदानी प्रिन्ट भएर गइसक्छ, नियोगबाट हो भने १० देखि १५ दिनमा राहदानी प्रिन्ट भएर पुग्छ’ राहदानी विभागका प्रवक्ता शरदराज अरन भन्छन ।   अहिले विद्युतीय राहदानी झापा, मोरङ, सुनसरी, तेह्रथुम, धरान, उदयपुर, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रामेछाप, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, तनहुँ, लमजुङ, गोर्खा, कास्की, नवलपुर, परासी, रुपन्देही, बुटवल, कपिलवस्तु, गुल्मी र सुर्खेतबाट जारी भइरहेको छ ।

यस्तै, कैलाली, कञ्चनपुर, काभ्रे, रामेछाप, सिराहा, म्याग्दी, स्याङ्जा, वालिङ, लेखनाथ, बागलुङ, पर्वत, पाल्पा, हुवास, बाँके, दाङ, तुलसीपुर, लमही, लहान, यधुकुवा, गौशाला, हरिवन र कास्कीको लेखनाथबाट पनि विद्युतीय राहदानी बनाउन सकिन्छ ।

Facebook Comments Box