काठमाडौं / सहकारी संस्थाका सदस्यको ६ करोड २५ लाख रुपैयाँ ठगी गरेको आरोपमा सहकारी संस्थाका दुई सञ्चालक पक्राउ परेका छन् । ठगीको आरोपमा पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । संस्थामा जम्मा गरेको रकम हिनामिना गरेर कार्यालयमा ताला लगाएर फरार भएको १५ जना सदस्यको जाहेरीपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । ब्युरोले अन्य बचतकर्तालाई उक्त सहकारीमा आफ्नो निक्षेप तथा ब्याज रकम नपाई कानुनी कारबाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ । सहकारी खबरबाट