झापा÷स्काभेटरको लाईसेन्स निकालिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिने एक जना कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालक रेष्टुरेँन्टबाट रंगेहात समातिएका छन् ।
हेवी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरामा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछानेलाई गएराति पक्राउ गरिएको हो । उनलाई सहयोग गर्ने मेट्रो ड्राइभिङ इन्स्ट्च्यिूटका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले पनि पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । लामिछानेले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीबाट लिखित परीक्षा र ट्रायलमा उत्तीर्ण गराइदिने भन्दै सेवाग्राहीसंग घुस मागेको सूचना र उजुरीका आधारमा घुस रकम सहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
ड्याम साइडस्थित बार्दली रेष्टुरेन्ट एन्ड बारबाट दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो ।
यसैगरी ड्राइभिङ इन्स्टिच्युटका संचालक काफ्लेको साथबाट १ लाख ६ हजार नगद, डायरी लगायत अन्य प्रमाणहरु बरामद भएको अख्तियार स्रोतले जनाएको छ । लाइसेन्स निकालिदिने भन्दै काफ्लेले विभिन्न व्यक्तिबाट सो रकम लिएका दाबी अख्तियारले गरेको छ । सो बारे थप छानबिन भइरहेको अख्तियारले जनाएको छ ।