भद्रपुर / नेपाल अलैंची व्यवसायी महासंघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट अध्यक्षमा व्यवसायी तथा निर्यातकता निर्मल भट्टराई चयन भएका छन । महासंघमा भट्टराईको यो दोस्रो कार्यकाल हो ।
महासंघको संशोधित विधान अनुसार आगामी तीनवर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको ३५ सदस्यीय कार्यसमितिको प्रत्यक्षतर्फ वरिष्ठ उपाध्यक्षमा इन्द्रचन्द बिन्दल, उपाध्यक्षमा सुवास भट्टराई, मात्रिका घिमिरे र पार्वता विमली खरेल, महासचिवमा नारायण चिमरिया, सचिवमा मोहन मित्तल, सुष्मा पौडेल र कोषाध्यक्षमा सुजित वंशल रहेका छन ।
चार महिलासहित समितिको सदस्यमा २६ जना रहेका छन् ।
महिला सदस्यमा यसोदा प्रसाईं, राधादेबी बोहरा क्षेत्री, माया गुरुङ र कुसुम दाहाल रहेका छन भने खुला सदस्यमा गणेश पौडेल, विरोध सुवेदी, राजकुमार घिमिरे (राजु), सञ्जीव घिमिरे, शत्रुघन चौधरी, मुकेश अग्रवाल, मोहनकुमार उप्रेती, अमृतबहादुर सुवेदी, बालमणि बराल, इन्द्रबहादुर तामाङ, छेदेन वाञ्जो शेर्पा, जयगोपाल शाह, रामकृष्ण विष्ट, रामकृष्ण अधिकारी, होम सिटौला, जीतबहादुर वस्नेत, प्रज्वल बिमली, टंक कँडेल, प्रेमकुमार राई, किशोर कार्की र निमिशा घिमिरे सर्वसम्मत चयन भएका छन । नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण पनि शनिबार नै सम्पन्न भएको थियो । निर्वाचन समितिका संयोजक रुद्रप्रसाद भूर्तेलले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराए । महासंघका अध्यक्ष राजकुमार कार्कीले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई माइन्यूट बुक हस्तान्तरण गरेर पद हस्तान्तरण गरे ।
विर्तामोडको इन्द्रेणी व्याङ्क्वेटमा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका थिए ।
यसैबीच महासंघले दुई पत्रकारसहित छ जनालाई सम्मान तथा पुरस्कृत गरेको छ । महासंघले पत्रकार रोहित काफ्ले र सन्तोष न्यौपानेलाई जनही नगद १० हजार एक सयसहित सम्मान–पत्र प्रदान गरेको छ । उनीहरुलाई समारोहका प्रमुख अतिथि नेपाल बाणिज्य महासंघको वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्की लगायतले दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै, व्यवसायी ओमकृष्ण बिमलीलाई स्व. देवीप्रसाद भट्टराई उत्कृष्ट निर्यातकर्ताका रुपमा सम्मान गरिएको छ भने अलैंची किसान रामप्रसाद हुमागार्इंलाई स्व. बिजय खाकी उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानालाई उत्कृष्ट कर्मचारीका रुपमा नगद १० हजार पाँच सय र अर्का कर्मचारी बिजय पाण्डेलाई ५ हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरियो ।
उत्कृष्ट शाखाका रुपमा कास्की शाखालाई सम्मान गरिएको छ । शाखा अध्यक्ष सुरेन्द्र क्षेत्रीले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष टिकाराज ढकाल, अलैंची व्यवसायी महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरे, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
