दमक/गौरीगञ्ज गाउँपालिका वडा नं. १ का किसानहरुलाई बैकल्पिक सिँचाइका लागि पानी तान्ने बिद्युतीय मोटर प्रदान गरेको छ ।
बुधबार वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा कृषकहरूलाई पानी तान्ने मोटर वितरण गरेको हो ।

वडाध्यक्ष कार्तिकलाल राजवंशीको सभापतित्वमा आयोजित कार्यक्रममा मोटर हस्तान्तरण गरिएको वडा सचिव भोजकुमार अधिकारीले जानकारी दिए । वडाको सिलिङ्ग बजेट अन्तर्गत कृषि प्रयोजनाका लागि विनियोजित ४ लाख रुपैयाँको लागतमा ४९ जना किसानलाई एक/एक थान मोटर वितरण गरिएको वडाध्यक्ष राजवंशीले जनाएका छन ।

उनले वडाले विभिन्न अनुदान तथा सहुलियतका कार्यक्रमहरुका लाभग्राही छनौट गर्दा यस अघि कुनै पनि कार्यक्रममा सहभागी हुन नपाएका लाभग्राहीलाई प्राथमिकता दिइआएको पनि जनाएका छन । मोटर हस्तान्तरण गर्न आयोजित कार्यक्रममा वडा सदस्यहरु जानुका गौतम, राजभक्त सुनुवार, टंक श्रेष्ठ, कार्यपालिका सदस्य भिम राजवंशीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन वडा सचिव अधिकारीले गरेका थिए ।

Facebook Comments Box