दमक/पहिलो पाइला नामक सामाजिक संस्थाको दमक शाखाले दमकको गोलाटारस्थित जनज्योती आधारभुत विद्यालयमा यही जेठ १७ गते निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।
कोशी डेन्टल दमक सहआयोजक रहेको सो शिविरमा विराटनगरस्थित कोशी आखा अस्पतालसहित विराटनगरका नाक, कान घाँटी रोग विशेषज्ञको टोलीले सेवा दिने पहिलो पाइला दमक शाखाका कोषाध्यक्ष मेघनाथ फुयाँलले जानकारी दिए ।
शिविरमा विद्यालयका बालबालिकाका अतिरिक्त स्थानीय सर्वसाधारणले समेत सेवा लिन सक्ने जनाइएको छ ।