तनहुँ / तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ अदालतमा मुद्दा दर्ता भएपछि कलाकार शाहविरुद्ध दुबै पक्षबाट बहस गरिएको थियो ।
जाहेरीवालाका तर्फबाट बुधबार नै बहस गरिएको थियो भने प्रतिवादीका तर्फबाट बिहीबार अदालतमा बहस भएको थियो । प्रतिवादीका तर्फबाट १२ जना कानून व्यवसायीले बहस गरेका थिए ।
