दमक/ दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिकोत्सवका अवसरमा संस्थाले विभिन्न सामाजिक कार्यहरु गरेको छ ।
सहकारी संस्थाका उद्धेश्यहरु मध्ये सामाजिक दायित्व समेत भएकाले बर्षेनी गरिँदै आएको सामाजि कामलाई यस बर्ष अझ बृहत रुपमा गरिएको संस्थाका प्रमुख व्यवस्थापक कमल कुमार घिमिरेले जानकारी दिए ।
संस्थामा कारोबार गर्ने ६५ बर्षमाथिका २७ जना बृद्धबृद्धा, शेयर सदस्यका छोराछोरी मध्ये बाल शैक्षिक खातामा उत्कृष्ट बचत गर्ने बालबालिकालाई पुरस्कृत गरिनुका साथै बाल आश्रम दमक २ का बालबालिकाहरुका लागि सहकारीले चामल, दाल, भूजासहित खाद्यन्न उपलब्ध गराएको हो ।
त्यसैगरी संस्थाले सोही अवसरमा आयोजना गरेको रक्तदानमा संस्थाका सञ्चालक, कर्मचारी तथा इच्छुक रक्तदाताहरुले उल्लेख्य मात्रामा रक्तदान गरेका छन। त्यसअघि बार्षिकोत्सवका अवसरमा संस्थाले सुरुङगा र गौरादहमा सदस्य सेवा कार्यालय समेत उदघाटन गरिएको संस्थाका अध्यक्ष रवि केसी न्यौपानेले जानकारी दिए । सुरुङगा सेवा कार्यालयको कन्काई नगरपालिका वडा नं ३ का वडाध्यक्ष रुद्र चिमरियाले र गौरादह सदस्य सेवा कार्यालयको गौरादह नगर प्रमुख रोहितकुमार साहले उदघाटन गरेका थिए ।
संस्थाका अध्यक्ष न्यौपानेको सभापतित्वमा भएको बार्षिकोत्सव विशेष कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य रहेको थियो भने सहकारी विभाग एक नम्बर प्रदेश रजिष्टारको कार्यालयका निमित्त रजिष्टार हरिबहादुर खत्रीको विशेष आतिथ्य रहेको थियो ।


