दमक/ प्रगतिशील लेखक संघ (प्रलेस) प्रदेश नं १ को हालै सम्पन्न दोस्रो सम्मेलनले मोरङ बेलबारीकी तिला लेकालीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
मोरङको बेलबारीमा सम्पन्न प्रलेस प्रदेश सम्मेलनबाट नवगठित समितिको उपाध्यक्षमा राम खरेल र दिनेश थापा, सचिवमा राजेन्द्र सर्वहारा, सह–सचिवमा अशोक खनाल र कोषाध्यक्ष सिर्जना सरोवर चयन भएका छन ।

यसैगरी नवनिर्वाचित समितिका सदस्यहरुमा मायामितु न्यौपाने, खगिन्द्रा खुशी, दिलिप घिमिरे, कविता केशरी, भवानी प्रसाद पोख्रेल, सरस्वती न्यौपाने, उदय भट्टराई, चन्द्रनारायण चौधरी, दुर्गा परियार, घनश्याम ढकाल, इन्द्रनारायण सुवेदी, अनिल सुवेदी, लीला अधिकारी, माधव पोख्रेल, बिदुर सुवेदी, टंकमिलन घिमिरे, दिवाकर भण्डारी, रमेश कोर्खाली, रमेशचन्द्र अधिकारी, कमल भट्टराइ, दुर्गा लिम्बु (सानू कोवित), देवीप्रसाद संग्रौला, ओम श्रमिक र लक्ष्मी ढुंगाना रहेका छन् ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष डा.जिवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा भएको प्रदेश अधिवेशनमा सोमराज अभय, कुन्ता शर्मा, बलराम पोखरेल, चूडामणि रेग्मी, विश्वराज पाण्डे, कृष्ण श्रेष्ठ, जसराज किराँती, माधव भण्डारी, कमल जङ्गली, सरोज वली, रुद्र निरौला लगायतलाई सम्मान गरिएको थियो ।
सो अवरसरमा प्रलेसको ‘सङ्गठन र साहित्य’ तथा प्रलेस मोरङको ‘नियात्रा’ नामक कृतिको विमोचनसमेत गरिएको थियो । भने मोरङ बेलबारीमा प्रगतिशील लेखक सङ्घ नेपालका संस्थापक श्यामप्रसादको सालिक समेत अनावरण गरिएको प्रलेस प्रदेश १ अध्यक्ष तिला लेकालीले बताइन् ।
प्रगतिशील लेखक संघको प्रदेश सम्मेलनमा कार्यसम्पादनका आधारमा प्रलेस उदयपुर र सुनसरीलाई प्रदेशकै उत्कृष्ट जिल्ला घोषणा गरिएको छ । त्यसैगरी झापा दोस्रो र तेह्रथुम तेस्रो जिल्ला घोषित भएको प्रलेसका प्रदेश सचिव राजेन्द्र सर्वहाराले जानकारी दिए ।
प्रदेश अधिवेशन कार्यक्रममा एकीकृत समाजवादीको केन्द्रीय सदस्य विद्या चाम्लिङ, एमालेका नेता एवम् पूर्व मन्त्री तुलसी न्यौपाने, प्रा.डा. वद्रीविशाल पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।